• गृहपृष्ठ
  • सुन जस्तो देखिने पहेंलो धातु सहित पक्राउ

सुन जस्तो देखिने पहेंलो धातु सहित पक्राउ

Nov 15th, 2019

मकवानपुर, २९ कात्तिक
हेटौंडा उपमहानगरपालिका-१ झोलुङ्गे पुलबाट सुन जस्तो देखिने पहेंलो धातु अन्दाजी १ केजी सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुर राक्सिराङ् गाउँपालिका-४ बिरकुट बस्‍ने ४१ वर्षीय अभय थिङ् र दोलखा जिरी नगरपालिका-३ बस्‍ने ४५ वर्षीय ग्यालजेन शेर्पा रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त परिमाणको धातु फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।