पेस्तोल र गोली सहित पक्राउ

Nov 14th, 2019

काठमाडौं, कात्तिक २८

चितवनको राप्ती नगरपालिका ६ हर्दीबाट मेड इन युएसए लेखिएको अटोमेटिक पेस्तोल १ थान र ५ राउण्ड गोली सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा दाङ तुल्सिपुर नगरपालिका १२ धनोवरी बस्ने ३७ वर्षीय मधुकर केसीर सल्यान रिम गाउँपालिका-५ बस्ने ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन् । उक्त स्थानमा बा.८५ प ८०८४ नम्बरको मोटरसाइकल रोकी शंकास्पद रुपमा हिँडिरहेकाउनीहरुले ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीलाई देख्नासाथ भाग्न खोजे पश्चात दुवैलाई नियन्त्रणमा लिई तलासी गर्दा ५ राउण्ड गोली लोड भएको उक्त पेस्तोल फेला पारेको हो ।

 बाँके, नेपालगंज उपमहानगरपालिका-४ गणेशपुरबाट कटुवा पेस्तोल १ थान सहित डडुवा गाउँपालिका-४ उचामसाह बस्ने ३२ वर्षीयमेराज अली सैयदलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले सल्यानी बंगलाबाटबसपार्कतर्फ जाँदै गरेको भे.१ स ८३२६ नम्बरको अटोरिक्सा जाँच गर्ने क्रममा रिक्सामा लुकाई छिपाई राखेको उक्त हतियार फेला पारी रिक्सा चालक सैयदलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।