• गृहपृष्ठ
  • पोखरा फाइनान्स लिमिटेडको लाभांश पारित

पोखरा फाइनान्स लिमिटेडको लाभांश पारित

Jan 13th, 2021

काठमाडौ, पुुस २९

पोखरा फाइनान्स लिमिटेडको २४ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६–०७७ सम्मको सञ्चित मुनाफा तथा जगेडा कोषबाट प्रतिसेयर पाँच प्रतिशतका दरले बोनस सेयर र प्रति सेयर शुन्य दसमलव २६ प्रतिशतका दरले नगद लाभांश गरी कुल पाँच दसमलव २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बोनस सेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी ९६ करोड ३१ लाख रुपैयाँ पुुगेको छ ।

साथै सभाले आ.व. २०७७–०७८ को लेखापरीक्षक नियुक्त गर्नुका साथै पोखरा फाइनान्स लिमिटेड र अन्य उपयुक्त बैंक वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) वाप्राप्ति (एक्विजिसन) गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्न लगायत प्रचलित नियम, कानून अनुसार वित्तीय संस्थाको तर्फबाट गर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिए ।

पोखरा फाइनान्स लिमिटेडले आधुनिक प्रविधियुक्त बैकिङ सेवा तथा सुविधामा विशेष ध्यानदिदैं ग्राहक सेवालाई निरन्तररुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको पनि वित्तीय संस्थाले जनाएको छ ।