• गृहपृष्ठ
  • मुक्तिनाथ विकास बैंकको १४ औं वार्षिक साधारण सभा सम्पन्न

मुक्तिनाथ विकास बैंकको १४ औं वार्षिक साधारण सभा सम्पन्न

Jan 11th, 2021

काठमाडौ, पुुस २७

मुक्तिनाथ विकास बैंकले १४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले यही पुुस २५ गते शनिवार वार्षिक साधारण सभा सम्पन्न गरेको जानकारी दिएको छ । सभाले आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन, आ.व. २०७७/०७८ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सहित आ.व. ०७६/०७७ को मुनाफाबाट सेयरधनीहरुलाई चार दसमलव २५ प्रतिसत नगद लाभांस र ११ दसमलव २५ बोनस सेयर सहित कुुल १५ दसमलव ५० प्रतिशत लाभांस वितरण गर्ने सामान्य तथा विषेश प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्षश्री भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए । सोही समारोहमा बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीले शुभकामना मन्तव्य राखेका थिए।

साथै, बैंकले कोरोना (कोभिड १९) महामारीको विषम परिस्थितिमा भर्चुअल माध्यमबाट पनि सेयरधनीहरुलाई सहभागिता गराइएको थियो । साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरु प्राप्त भएको थियो । सेयरधनीहरुबाट प्राप्त जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए ।