घर बनाउने क्रममा करेन्ट लागेर मृत्यु

Nov 7th, 2019

रुपन्देही, २१ कात्तिक

बुटवल उपमहानगरपालिका-८ सुख्खानगरस्थित घर बनाउने क्रममा करेन्ट लागेर मिस्त्री काम गर्ने मर्चवार गाउँपालिका-४ बस्ने ५० वर्षीय बलिराम देवान गढीयाको दिउँसो मृत्यु भएको छ ।

 घर बनाउने क्रममा नजिकै रहेको विजुलीको हाइटेन्सन तारमा छुँदा करेन्ट लागि गम्भीर घाइते भएका उनको  उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका मिस्त्री काम गर्ने मर्चवार गाउँपालिका- ४बस्ने ५० वर्षीय सुन्दर लोहानको तिनाउ अस्पताल बुटवलमा उपचार भइरहेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।