नकआउट चरणमा बायर्न म्युनिख

Nov 7th, 2019

काठमाडौँ, २१ कात्तिक

जर्मन क्लब बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको समूह ‘बी’ को खेलमा बायर्न म्युनिखले ओलम्प्यिाकोसलाई   २–० गोलअन्तरले पराजित गर्दै  नकआउट चरणमा प्रवेश गरेको हो । बायर्न दुई खेल अगावै नकआउट चरणमा प्रवेश गरेको हो । बायर्नको जितमा रोबर्ट लेबान्डोस्की र इभान पेरिसीसले एक–एक गोल गरेका थिए ।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको बायर्नले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । खेलको ६९औं मिनेटमा लेवान्डोस्कीले  तथा ८९ औं मिनेटमा  पेरिसिसले  गोल  गर्दै बार्यनलाई जित दिलाए । अपराजित यात्रा कायम राखेको बायर्नले चार खेलबाट १२ अंक बनाएको छ ।

यस्तै, बुधबार राति नै भएको अर्को खेलमा टोटनह्यामले कार्भेनामाथि ४–० को जित निकालेको छ । टोटनह्यामको जितमा सन हिउङ मिनले २ तथा जियानो लो सेलो र क्रिष्टियन इरिक्सनले एक–एक गोल गरे । ३४ औं मिनेमा सेलोले गोल गर्दै टोटनह्यमामलाई अग्रता दिलाए ।

१ गोल अग्रता बनाएको टोटनह्यामले बाँकी तीन गोल दोस्रो हाफमा थपेको थियो । ५७ औं र ६१ औं मिनेटमा सनले लगातार २ गोल थपेपछि टोटनह्यामले तीन शून्यको अग्रता बनायो । ८५ औं मिनेटमा इरिक्सनले व्यक्तिगत पहिलो तथा टिमका लागि चौथो गोल गरे ।