• गृहपृष्ठ
  • नेपालको सबैभन्दा ठूलो सेल ११.११ को लागि दराजको तयारी तीव्र

नेपालको सबैभन्दा ठूलो सेल ११.११ को लागि दराजको तयारी तीव्र

Nov 3rd, 2019

काठमाडौं, कात्तिक १७ 

दराजले सबैभन्दा ठूलो सेल ११.११ को तयारी गरेको छ । बिश्व कै सबैभन्दा ठूलो सेल अलिबाबाको ११.११ सेल नजिकिँदै गएको छ । यसअघि चीनमा मात्र सीमित उक्त सेल अहिले संसारभरि एउटा मनोरञ्जनात्मक सेल डेको रुपमा चिनिन गएको छ । यो सेल अहिले अलिबाबासँग सम्बधित देशहरु तथा दराजले व्यापार गर्ने नेपाललगायत अन्य देशहरुमा पनि हरेक वर्ष नोभेम्बर ११ को दिन हुने गर्दछ ।

अलिबाबाद्वारा अधिग्रहण गरिएपछि दराजले सन् २०१८ को नोभेम्बर ११ अर्थात् २०७५ कात्तिक २५ गते नेपालमा ११.११ आयोजित गरेको थियो । उक्त दिनमा दराजले साधारण दिनभन्दा ८० गुणा बढी व्यापार देखेको थियो । साथै दुई लाखभन्दा बढी उपभोक्ताहरु, एक हजारभन्दा बढी बिक्रेता तथा ब्रान्डहरु एकै दिन दराज एपमा जम्मा भएका थिए । त्यो नेपालको सबैभन्दा ठूलो अनलाइन किनमेल उत्सव हुनपुगेको थियो । नेपालमै पहिलोचोटि विद्युतीय भुक्तानी सेवा सुरु गरेर दराजले यसपालिको ११.११ सेललै अझै ठूलो बनाउने भएको छ ।

यस एक दिने महाअभियानको बारेमा दराज नेपालका प्रबन्धनिर्देशक लिनो अलरिंग भने, ‘पूर्व सालको सफलता तथा परिणामहरूबाट सिक्दै यसपालि हामी उपभोक्ताहरुलाई झनै राम्रो र साँच्चै रमाइलो एक दिनको सेलको अनुभूति दिन चाहन्छौं । हामी उपभोक्ताहरुलाई सबैभन्दा राम्रो सेवा प्रदान गर्न अझै बढी जनशक्ति तथा सामानहरु थपेका छौं । इन–एप गेमहरु, मेगा भौचरहरु, उपहारहरु, र खास छुटहरु तथा सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण हुने रमाइलो भिडियोहरुले गर्दा यो यस वर्षकै ठूलो हाइलाइट हुने अनुमान छ ।’ यस सालको ११.११ अभियानमा दराजसँग तीन हजारभन्दा बढी बिक्रेता गरी तीन लाखभन्दा बढी सामानहरु तथा चार लाखभन्दा बढी प्रयोगकर्ताहरूको सहभागिता हुने अनुमान छ ।

त्यस दिनमा मात्र हुने एक लाख अपेक्षित अर्डरहरुको लागि तयारी गर्न दराजले चार सय थप डेक्स हेरोहरु (दिलिभरी राइडर) तथा ५० जना थप कस्टमर केयर एजेन्टहरु थपेको छ । साथै दराजले नेपाल भरिका दराजहबहरुमा कलेक्सन पोइन्ट सेवा सुरु गरेको छ जसले उपभोक्ताहरुको समय र पैसा बचाउनेछ । उपभोक्ताहरुले आफूले पहिले पैसा तिरिसकेको सामानहरु आफूलाई सजिलो पर्ने समयमा आफू नजिकैको दराज हबबाट लिन सक्छनेछन् । यसले गर्दा वितरण फी तिर्नुपर्दैन । यसका साथसाथै सामानको गुण्स्तर चेक गर्न दराजमा अझै धेरै फिचरहरु पनि थपिएका छन् । इमेज रिभ्यु र सेलरसँग प्रत्यक्ष च्याट गर्न मिल्ने सेवा लगायतका फिचरहरु थपिएको दराजले जनाएको छ । यी फिचरहरुले उपभोक्ताहरुलाई सटिक सामान छान्न निकै सहयोग पुग्नेछ ।