• गृहपृष्ठ
  • ढुङ्गा प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

ढुङ्गा प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

Oct 31st, 2019

सुनसरी, कात्तिक १४

ढुङ्गा प्रहार गरी आफ्नै २३ वर्षीया श्रीमती जिना राईको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका १५ खोरीयाबस्ती बस्ने ३१ वर्षीय अर्जुन राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिनालाई ढुङ्गा प्रहार गरी फरार भएका अर्जुनलाई सोही ठाउँस्थित धरानबाट पानबारी जाने बाटोको सेउटी पुलमालुकिछिपी बसेको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।