• गृहपृष्ठ
  • सत्तारुढ दल नेकपाको चियापान ललितपुरको जावालाखेलमा

सत्तारुढ दल नेकपाको चियापान ललितपुरको जावालाखेलमा

Oct 25th, 2019

काठमाडौं, ८ कार्तिक
नेपालीहरुको महान चाड दशैं ,शुभ दीपावली,नेपाल सम्बत ११४० तथा छठ पर्वको उपलक्ष्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी ललितपुरले आज ललितपुरको जावालाखेलमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कुटनीतिज्ञ, बुद्धिजीवी, संघसंस्थाका प्रमुखहरुलाई समेत आमन्त्रण गरिएको कार्यक्रममा नेकपाका पार्टीका नेता, कार्यकर्ताको ठूलो भीड देखिएको थिया । चियापान समारोहमा नेकपा नेकपा केन्द्रका प्रवक्ता पम्फा भुसाल , उपादक्ष बामदेव गौतम , सांसद नवराज सिल्वाल ,ललितपुरका नगरपालिका तथा गाउपालिकाका प्रमुखहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै नेकपाका उपादक्ष बामदेव गौतमले नेपालीहरुको महान पर्व शुभ दीपावली,नेपाल सम्बत ११४० तथा छठ पर्वको शुभकामना ब्यक्त गर्दै देशलाई सम्मुन्तर्फ अगाडी बढाउन आ आफ्नो स्थानबाट सबैले जोड दिन आग्रह गर्नुभयो । साथै सम्पुर्ण चाडबाडलाई सभ्य ढङ्गले मनाउन समेत उहाँले आग्रह गर्नुभएको थियो ।

नेकपा केन्द्रका प्रवक्ता पम्फा भुसालले शुभ दीपावली,नेपाल सम्बत ११४० तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना ब्यक्त गर्नुभयो । पार्टीको तल्ला कमिटीको एकतालाई लिएर नेकपा खासगरी पूर्व एमालेमा तीब्र मतभेद रहेको समाचार आईरहेका छन् । पार्टी भित्रको यो असन्तुष्टिलाई समाधान गरी सरकारले अपेक्षित गति लिनुपर्ने सहभागीको आसय देखिन्थ्यो । तर, पार्टी बाहिरका सबै पक्षसँग सहकार्य र हार्दिकता विकास गर्न सहयोगी हुने ठानिएको चियापानपश्चात नेकपाकै आन्तरिक एकता मजबुत हुनसके पनि यसको महत्व अझ बढ्थ्यो ।