ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

Oct 16th, 2019

काठमाडौं, असोज २९
ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका ६ बस्ने दोलखा घर भएका ४० बर्षीय पेम्बा दोर्जे शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

सर्वोच्च अदालतको फैसलाले १ वर्ष कैद र नगद ११ लाख रुपैयाँ जरिवाना भई फरार रहेका शेर्पालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो ।

शेर्पालाई काठमाडौं जिल्ला अदालत मार्फत मंगलबार कारागार कार्यालय डिल्लीबजारमा पठाइएको उक्त व्यूरोले जनाएको छ ।