• गृहपृष्ठ
  • नेप्सेमा उछाल, लघुबित्त, बिकास बैंक र बिमा कम्पनीमा लगानीकर्ताको आकर्षण

नेप्सेमा उछाल, लघुबित्त, बिकास बैंक र बिमा कम्पनीमा लगानीकर्ताको आकर्षण

Jan 20th, 2020

काठमाडौं,माघ ६
आधारभूमी संवाददाता

केहि समययता निरन्तर बढेको सेयर वजार परिसुचक नेप्से आइतबार ३३ दशमलव चार तीन अंकले बढेर १३ सय ४३ दशमलव छ पाच अंक कायम भएको छ । दुई वर्षअघि पनि बजारमा यस खालको उछाल नआएको होइन । २०७४ चैतमा ११ सय ६८ अंकमा रहेको नेप्से बैशाखमा बढेर १४३८ अंक सम्म पुगेको थियो । जुन त्यसपछि निरनतर घटेर गत फागुनमा ११ सय अंक सम्म आइपुगेको थियो ।

गत मंसिरमा ११ सय ९ अंकमा रहेको नेप्से परिसचुक त्यसयता उकालो लाग्दै आइतबार १३ सय ४३ अंकमा पुगेको छ । यो बिचमा सेयरबजार परिसुचक नेप्से २२ प्रतिशतले बढेको छ । सेयरबजारका विभिन्न परिसुचक मध्ये जिवन बिमा कम्पनीहरुको परिसुचक मात्रै ४५ अंकले बढेको छ भने लघुबित्त कम्पनीहरुको परिसुचक ४३ अंकले बढेको छ ।

सेयरबजारमा पछिल्लो समय लघुबित्त , जिवन तथा निर्जिबन बिमा कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको देखिएको छ । यि तिनै समुहमा लगानीकर्ताको आकर्षण बढेका कारण पनि बजार बढेको हो ।

बजारमा सिमित सेयर उपलब्धता र आगामी मौद्रिक नीतिमा लघुबित्त कम्पनीहरुको मर्जर गर्ने आउने आशमा लगानीकर्ता लघुबित्तमा झुमेका छन् । बजार बढ्ने आशमा सेयर लगानीकर्ताहरु बजार प्रवेश गर्दा नेप्से परिसुचक आइतबार नेपाल स्टक एक्सचेन्जमा सुचिकृत ११ वटा लघुबित्त कम्पनीहरु अहिले मर्जरको प्रक्रियामा रहेका छन् ।

लघुबित्त कम्पनीका सेयर मूल्य सबैभन्दा बढेको भएपनि ् मर्जरमा रहेका कम्पनीको मूल्य स्थिर रहेका कारण समग्र परिसुचकमा भने लघुबित्त दोस्रो स्थानमा रहेको छ । लघुबित्त कम्पनीमा पनि सबैभन्दा बढि ग्लोबल माइक्रोफाइनान्स ,स्वावलम्बन, छिमेक र निर्धन उत्थानमा लगानीकर्ताको सबैभन्दा बढि आकर्षण रहेको देखिन्छ ।

ग्लोबल लघुबित्त कम्पनीको एक महिना अघि प्रतिकित्ता ८ सय २१ रुपैयाँ रहेकोमा अहिले त्यो बढेर १३ सय ८९ रुपैयाँ पुगेको छ। अर्थात एक महिनामै ग्लोबल माइक्रोफाइनान्सका लगानीकर्ताले ६९ प्रतिशतले आफ्नो सम्पत्ति बढाएका छन् ।

गत साता उच्च कमाउनेहरुको सूचिमा ग्लोबल लघुबित्त बाहेक घोडिघोडा लघुबित्त, इन्फिनीटि लघुबित्त, मन्जु श्री फाइनान्स र साल्ट ट्रेडिङ कर्पाेरेसन् छन् ।

नेपाल स्टक एक्सचेन्जमा अहिले ५० वटा लघुबित्त कम्पनी सुूचिकृत छन् र ति मध्ये मर्जरका कारण ११ वटा कम्पनीको सेयर किनबेच रोक्का छ । न्युन सेयर उपलब्धता र आगामी मौद्रिक नीतिमा राष्ट्र बैंकले मर्जरमा लाने निती ल्याउने लगानीकर्ताको आकलनका कारण पनि लघुबित्त कम्पनीहरुको सेयर बढेको हो ।