• गृहपृष्ठ
  • ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर जिल्ला प्रशासन कार्यालय, गुल्मीमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर जिल्ला प्रशासन कार्यालय, गुल्मीमा

Jan 19th, 2020

काठमाडौ, माघ ५

ग्लोबल आइएमई बैंक लिमिटेडले जिल्ला प्रशासन कार्यालय, तम्घास, गुल्मी परिसरमा नयाँ एक्सटेन्सन एव्म राजश्व संकलन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकको काउण्टरको जिल्ला प्रशासन कार्यालय, गुल्मीका प्रमुख जिल्ला अधिकारी कोसहरि निरौलाले उद्घाटन गरेका हुुन ।

सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरी उक्त एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर सञ्चालनमा ल्याएको हो । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले २६६ शाखा, २५५ एटिएम, ३७ एक्सटेन्सन काउण्टर राजश्व संकलन काउण्टर र २४९ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि/सम्र्पक कार्यालय मार्फतआफ्ना १८ लाख भन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

कार्यक्रममा गुल्मी जिल्लाका कोष तथा लेखा नियन्त्रण कार्र्यलयका प्रमुख राम बहादुर खड्का लगायत अन्य विशष्ट पदाधिकारी एवंम स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।