• गृहपृष्ठ
  • अघिल्लो दिन घटेको नेप्से आज २० अंकले बढ्यो

अघिल्लो दिन घटेको नेप्से आज २० अंकले बढ्यो

Jan 15th, 2020

काठमाडौ, माघ १

अघिल्लो दिन घटेको नेप्से आज बुुधवार पुुन बढेको छ । नेप्से आज २० दसमलव ८५ अंकले बढेर १२ सय ८४ दसमलव २३ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ६८ अंकले बढेर दुुई सय ७८ दसमलव ९७ अंकमा चढेको छ । एक सय ७७ वटा कम्पनीहरुको १० हजार सात सय तीन वटा कारोवारमा ३० लाख ५५ हजार दुुई सय ३३ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ९० करोड ४८ लाख १२ हजार नौ सय ३२ रुपैयाँ पुुगेको छ । कारोवार रकम अघिल्लो दिनको तुुलनामा घटेको हो ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको सुचक घटेकाछन भने नौ वटा समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २७ दसमलव १६ अंकले बढेर ११ सय ४३ दसमलव ९२ अंकमा पुुगेको छ । बिकास बैंक समुहको सुचक पनि ३५ दसमलव ४२ अंकले बढेर १७ सय ३९ दसमलव ४२ अंकमा पुगेको छ । जलबिद्युुत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । होटल, उत्पादनमुुलक र अन्य समुहको सुचक भने घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा बिशाल बजार कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा रैराङ हाईड्रो पावर कम्पनी परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज एनआईसी एशिया बैंक पहिलो स्थानमा परेको छ ।