• गृहपृष्ठ
  • गुुडविल फाईनान्सको २५ औं बार्षिक साधारण सभा सम्पन्न

गुुडविल फाईनान्सको २५ औं बार्षिक साधारण सभा सम्पन्न

Jan 15th, 2020

काठमाडौ, माघ १

गुुडविल फाईनान्स लिमिटेडले २५ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । फाईनान्सले यही पौष २९ गते मंगलवारका दिन फाईनान्सले २५ औं बार्षिक साधारण सभा गुडविल कम्प्लेक्स हात्तिसारमा सम्पन्न भएको हो । उक्त बार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष राजाराम जोशीले आ.व. २०७५/०७६ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा २७ प्रतिसतले बृद्धि गरी छ अर्ब ८९ करोड ५६ लाख १३ हजार सात सय ११ रुपैयाँ ८३ पैँसुा पुुर्याएको छ भने कर्जा तर्फ २६ प्रतिसतले बृद्धि गरी पाँच अर्ब ९० करोड ३१ लाख २२ हाजार आनठ सय २४ रुपैयाँ ५८ पैसा पुुर्याएको जानकारी दिएको छ । सस्थाका अध्यक्ष राजाराम जोशिले प्रस्तुत गरेको आ.ब.२०७५/०७६ को आय व्यय विवरण तथा उत्त mआ.व.को नाफाबाट १० प्रतिसत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्वतरुपमा पारित गरेको छ ।

सो अवसरमा सस्थाका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले , संस्थाले ७ बर्ष अवधिको १२ प्रतिशत व्याजदरमा ६/६ महिनामा व्याज भुक्तानी हुने गरि प्रति डिवेन्चर रु.१,०००,०० (एक हजार) का दरले कुल रु.२५ (पच्चिस) करोड रुपैंया बरावरको २,५०,००० (दुई लाखपचास हजार) कित्ता “१२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिवेन्चर २०८३” निष्काशन गर्ने प्रकृयामा रहेको जानकारी दिए ।

हाल १६ वटा शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको फाइनान्सले आगामी दिनमा उपत्यका भित्र तथा बाहिर थप शाखा तथा एक्सटेन्सन काउण्टर विस्तार गरी सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।

विगत २५ बर्ष देखि आफ्नो सेवा प्रदान गर्दै आइरहेको फाइनान्सले वित्तीय कारोवारका अतिरिक्त आफनो संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि त्यत्तिकै प्राथमिकताका साथ निर्वाह गर्दै आइरहेको छ । यसै अन्र्तगत आईएम एमबिए नामक वित्तीय साक्षरता कार्यक्रमलाई आफ्ना शाखा रहेका र नरहेका क्षेत्रमा समेत संचालन गर्दै आइरहेको छ । संस्थाको २५ औं साधारण सभाले आगामी ४ बर्षका लागि नयाँ संचालक समितिको गठन गरेको छ । जस अन्र्तगत संस्थापक शेयरधनीहरुको तर्फबाट सुधिरमान मास्के, दिलीपकुमार मुनकर्मी, जेनी जोशी (महिला संचालक) तथा सर्वसाधारण शेयरधनीहरुका तर्फबाट विश्वप्रकास साखः, पशुपतिभक्त श्रेष्ठ, रमेश मल्ल निर्विरोध निर्वाचित भएकाछन ।