सभामुखद्वारा राजीनामा

Oct 7th, 2019

काठमाडौँ, १४ असोज (रासस)
 सभामुख कृष्णबहादुर महराले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले उपसभामुख डा शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा बुझाउनुभएको हो । 

सभामुखका स्वकीय सचिव सागर केसीले सिंहदरबारस्थित उपसभामुखको सचिवालयमा राजीनामासम्बन्धी व्यहोराको पत्र बुझाएको बताइएको छ । राजीनामापत्रमा उहाँले भन्नुभएको छ, ‘‘हिजो(सोमबार)देखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबीनको लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजैका मितिदेखि छानबीन प्रक्रिया नसकिँदासम्म लागि राजीनामा दिएको छु ।’’