• गृहपृष्ठ
  • पञ्चेश्वरी बचतले सम्पन्न गर्यो छैठौं साधारण सभा

पञ्चेश्वरी बचतले सम्पन्न गर्यो छैठौं साधारण सभा

Jan 4th, 2020

आधारभूमि संवाददाता
ललितपुर, १९ पुस

पञ्चेश्वरी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो छैठौं साधारण सभा सम्पन्न गरेको छ । सभामा प्रमुख अतिथीका रुपमा महालक्ष्मी नगरपालिका वडा नं ५ का वडाध्यक्ष राजकुमार सिलवालको उपस्थिति रहेको थियो । अतिथीहरुमा महालक्ष्मी नगरपालिका वडा नं ७ का साधुराम श्रेष्ठ, नेपाल बक्सिङ संघका केन्द्रिय सदस्य प्रकाश थापामगर, अधिवक्ता प्रेम अधिकारी, समाजसेवी लक्ष्मी ज्योती बज्राचार्य, लगायत तिलकराम सापकोटा, हरीराम बुढाथोकीको उपस्थिति रहेको थियो ।

त्यस्तै सभामा १३औँ साग गेमका उसु खेलका स्वर्ण पदक विजेता निमा घर्तीमगर, करातेका कास्य पदक विजेता बिनोद शाक्यलाई प्रशंशा पत्र प्रदान गरिएको थियो । यसका साथै संस्थाले एसईई परिक्षामा उत्कृष्ट अकं ल्याउने छात्रा सजना के.सी र समिर महर्जनलाई सम्मान गर्नुका साथै संस्था भित्रका १० जना जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान पनि गरेको थियो । हालसम्म ५ सय ४० जना सदस्य बनाई १७ लाख ३१ हजार रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको संस्थाका कोषाध्क्षय निरञ्जन भण्डारीले जनाकारी दिए । सभाको सभापतित्व कृष्ण कुमार थापाले गरेका थिए ।