टिपर पल्टिँदा दुईको मृत्यु

Dec 27th, 2019

काठमाडौँ, ११ पुस

तारकेश्वर नगरपालिका ३ पोटगाउँस्थित सडकमा ना.२ क ३३८ नम्बरको फोहोर बोक्ने टिफर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा चालक मकवानपुर घर भएका ३० वर्षीय माईला लामा र सहचालक धादिङ गल्छीका २५ वर्षीय कमल लामाको घटनास्थलमै मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।