सिराहा, पुस ७
गोलबजार नगरपालिका १० धरमपुर बुध चोकबाट सोही ठाउँ बस्ने २३ वर्षीय संजिव मुखियालाई १४ वटा प्लाष्टिकको पोकामा रहेको करिब १ ग्राम १ सय मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले मुखियालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।