neapl investment mega bank
  • गृहपृष्ठ
  • युभेन्ट्सलाई ३-१ ले पराजित गर्दै लाजियोले जित्यो सुपर कप उपाधि

युभेन्ट्सलाई ३-१ ले पराजित गर्दै लाजियोले जित्यो सुपर कप उपाधि

Dec 23rd, 2019

काठमाडौँ, ७ पुस

युभेन्ट्सलाई पराजित गर्दै लाजियोले इटालियन सुपर कपको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा लाजियोले युभेन्टसलाई ३-१ ले पराजित गर्दै इटालियन सुपर कपको उपाधि जितेको छ।

साउदी अरेबियास्थित किङ साउद युनिभर्सिटी स्टेडियममा भएको खेलमा लाजियोले खेलको १६ औं मिनेटमा अल्बर्तोको गोलमा अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा पाउलो डिबलले युभेन्ट्सका लागि बराबरी गोल फर्काए । युभेन्टसले खेलको ४५ औं मिनेटमा बराबरी गोल फर्काएपनि ७३औं मिनेटमा सेनादले गोल गर्दै लाजियोको अग्रता दोब्बर बनाए ।

त्यसपछि  इन्ज्युरी समयको चौथो मिनेटमा डानिलो काटाल्डीले गोल गर्दै लाजियोलाई ३-१ को जित दिलाए ।