• गृहपृष्ठ
  • हामी पहिलो वा दोस्रो बन्ने होडमा छैनौं, नैतिक बैकिङ गरेर सबैको उत्प्रेरक बन्ने कोशिसमा छौं – कृष्ण बहादुर अधिकारी, प्रमुख कार्यकारी अधिकृत, नेपाल बैंक ।

हामी पहिलो वा दोस्रो बन्ने होडमा छैनौं, नैतिक बैकिङ गरेर सबैको उत्प्रेरक बन्ने कोशिसमा छौं – कृष्ण बहादुर अधिकारी, प्रमुख कार्यकारी अधिकृत, नेपाल बैंक ।

Dec 20th, 2019

काठमाडौँ, ४ पुस

नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतको पद अहिले कृष्णबहादुर अधिकारीले सम्हालीरहेका छन् । अधिकारी नेपाल बैंक कै ’करियर बैंकर’ हुन् । उनले २०६१ देखि सहायक प्रबन्धक (छैठौं) तहबाट बैंकिङ करियर सुरु गरेका थिए । त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका तथा पूर्वाञ्चल विश्वविद्यालयबाट इएमबिए गरेका अधिकारी नेपाल बैंकलाई जनमुखी र नतिजामुखी बनाउने अभियानमा छन् । नेपाल बैंकले यो वर्ष गत आर्थिक बर्षको मुुनाफा मध्येबाट २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । अबका दिनमा नेपाल बैंक कसरी अगाडि बढ्छ, बैंकको अहिलेको अवस्था कस्तो छ भन्ने लगायतका बैंकिङ क्षेत्रसँग सम्बन्धित विषयमा अधिकारीसंग आधारभूमि मिडियाले कुराकानी गरेको थियो । प्रस्तुत छ अधिकारीसंगको कुराकानीको सार :

नेपाल बैंकको हालको वित्तिय अवस्था कस्तो छ ?

पछिल्लो समय नेपाल बैैंकको सबै सूचकहरु सकारात्म दिशामा अघि बढेकाछन् । केही नाफा घटेको भन्न त सकक्नुहुन्छ तर अन्य सूचकहरु सुढृड हुदै छन् । कार्यशैलीमा परिवर्तन हुँदै छ । डिपोजिट, ल्याण्डीङ क्यापिटल बेस, तरलता लगायतको सूचकहरु सकारात्मक दिशातर्फ अधि बढेकाछन् । नाफाको हिसावले हेर्दा गत वर्षको पहिलो क्वार्टर भन्दा चालुु आवको पहिलो क्वार्टरमा केही घटेको हो । स्प्रेड संकुुचन आएको कारण नाफा घटेको हो । कुरा पहिले भन्दा केही घटेको छ । स्प्रेड संकुचन कारण गतवर्षको पाँच प्रतिशतको स्पेडमा थियो, आगामी आसर वर्षमा ४.४ ल्याउने गरी काम गरिएको छ । स्प्रेड क्याल्कुलेसन गर्ने फर्मूला परिवर्तन गरेको कारण स्प्रेड घटेको हो ।

स्प्रेड दर सन्तुलित वनाउन र बैंकलाई नतिजामुखी बनाउन नेपाल बैंक के कस्ता योजना लिएर अघि बढ्ने छ ?

नेपाल बैक पहिलो बैंक भएको र नेपालको नामसंग जोडिएको भएकोले यो बैंक सधै नीति नियम र निश्चित जिम्मेवारीमा रहेर काम गरेको छ । यो बैंक सरकारी र निजी क्षेत्रको साझेदारीमा सञ्चालित भएकोले दुवैपक्षलाई चित्त बुझ्नेगरी अघि बढ्नुपर्ने हुन्छ । निजी क्षेत्रको अपेक्षा बढि लाभ लिने भन्ने हुन्छ भने सरकारी तहबाट हेर्दा नाफा भन्दा बढि अधिकतम सेवा दिने हिसावले पनि हेर्नुपर्छ । त्यसैले दुवै पक्ष लाई चित्त बुझ्नेगरी हेर्नुपर्छ । नेपालका कतिपय बैकको ५.५ मार्जिनमा काम गरेका छन् हामीले ४.४ मार्जिनमा काम गरेका छौं हामीले केही हदसम्म नाफा कामाउने र निक्षेपकर्तालाई उचित प्रतिफल दिने कर्जामा न्यूनतम न्याजदरमा बढि भन्दा समुदायमा सेवा पुर्यउने उद्देश्य अनुरुप काम गरेका छौं ।

नेपाल बैंक अब सेवाको गुणस्तरमा विशेष ध्यान दिएर अगाडि बढ्छ । अहिलेको प्रतिफलको कुरा गर्दा पहिलो कुरा त सरकारले विगतमा गरेको वित्तीय क्षेत्र सुधार कार्यक्रमको लगानीको प्रतिफल हो । सरकारको पनि पुँजी लगानी भएको बैंक भनेपछि सर्वसाधारणको पनि अगाध विश्वास भयो । त्यस्तै यसको देशव्यापी शाखा सञ्जाल भएको बैंक हो । त्यसैले नेपाल बैंकले स्प्रेड म्यानेज गर्दै जाने र ३ अर्ब नाफाको हासिल गर्ने लक्ष्यका साथ अघि बढेको छ ।

बैंक वित्तीय संस्थाको संख्या धेरै भयो, यसले अस्वस्थ प्रतिस्पर्धा बढायो, खराव कर्जा बढ्यो भन्ने पनि सुनिन्छ ? के बैंकहरुमा यस्ता विसंगती बढेकै हुन् ? नेपाल बैंकको हकमा चाहिं कस्तो छ ?

अर्थतन्त्रसंग जोडिएर र जनतालाई सेवा दिने काम गर्दा उचित मुनाफा अवस्य चाहिन्छ तर सबै बैंकहरु नाफाको पछि मात्र दौडन्छन् भन्ने कुरा सबैको हकमा लागू हुदैन । नेपालको केसमा कुनै पनि बैंकमा अन्तराष्ट्रिय मान्यता विपरितका अभ्यास भएको छैन । यो विषय नेपाल राष्ट्र बैंक वा बैंक वित्तीय संस्थाको मात्रै बसको कुरा होइन । आर्थिक गतिविधि विस्तारित र विविधीकरण हुन नसक्दाको परिणति पनि हो । तर समग्रमा बैंकिङ बजार सुढृड छ र स्थीर छ । अन्तराष्ट्रिय सतारमा पनि एनपिएल ५ सम्म हुनुलाई स्वीकार्य नै मानिन्छ । कतिपय बैंकबाट केही गलत अभ्यास भए होलान् तर तिनैलाई आधार बनाइ समग्र बैंकिङ प्रणलीलाई दोष दिनु हुदैन । यस विषयमा नेपाल बैंक २.७ को रेन्जमा छ । जसलाई एभरेज नै मानिन्छ । आर्थिक कारोवारमा पनि बैंक एभरेजमा छ । नेपाल बैंक त नीति नियम र अनुशासन पालनामा पहिलो नम्वरमा छ । संस्थागत सुशासन र जवाफदेहितामा पनि उत्कृष्ट छ ।

तपाईंले नेपाल बैंकको प्रमुख कार्यकारीको पद सम्हालेपछि के कस्ता सुधारका काम गर्नुभयो र अव नेपाल बैंकलाई कसरी अगाडि बढाउने योजना छ ?

मैले यो जिम्मेवारी सम्हालेपछि नियमित कामका अलावा, नीतिगत सुधारका कामहरु गरे । भएका पोलिसीलाई अपडेट गर्ने , कार्य संस्कृतिमा परिमार्जन गर्ने लगायतका सुधारका काम थालिएको छ । बैंकले भर्खरै सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने , शाखा विस्तार गर्दै जाने तथा सर्वसाधारणको मन जित्नेगरी काम गर्ने गरिएको छ । कर्मचारीको क्षमता अभिवृद्धिलाई केन्द्रविन्दुमा राखेर काम गर्छाैं । जोखिम व्यवस्थापन र सूचना प्रविधिको स्तरोन्नति अर्को प्राथमिकताको काम हो । नेपाल बैंक विगतको समस्याबाट उठेर अघि बढेको छ । कंयौं परिसूचक र सेवाको गुणस्तरमा हामी बजारको हाराहारीमा छौं । केही विषयमा सुधार गर्नुपर्ने आवश्यकता छ ।

नेपाल बैंककमा सरकारको प्रतिनिधित्व र निजीक्षेत्रको पनि उपस्थिति भएकोले अबको केही वर्षम नै नेपाल बैंकले बैंकिङ क्षेत्रको नेतृत्व गर्ने गरी काम गरिने छ । केन्द्रीय बैंकको नियमन पालना गरी व्यवसाय विस्तारमा पनि हामी प्रतिवद्ध छौं । ग्राहकमैत्री व्यवहारलाई अझ प्रभावकारी बनाउँछौं । कार्यशैली सुधार गरेरै छोड्छौं । हामी पहिलो वा दोस्रो बन्ने होडमा छैनौं, नैतिक बैकिङ गरेर सबैको उत्पेरक बन्ने उद्देश्यले अघि बढेका छौं ।

नेपालको सबैभन्दा पुरानो र जेठो बैंकका रुपमा स्थापित नेपाल बैंकले जनताको विश्वास टिकाइराख्न कस्तो नीति अपनाएको छ ? किन सर्वसाधारहरु बैंकिङ सेवा लिन नेपाल बैंक मै आउने ?

नेपाल बैंकले गौरवमय इतिहास बोकेको छ । सबैको जेठो भएकोले पनि नेपाल बैंकले जनता सामु अभिभावकको जस्तो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । जनताको विश्वास टिकाइ राख्न आर्थिक विकासमा महत्पपूण भूमिका निर्वाह गरेको छ । दुर्गम क्षेत्रमा पुगेर सेवा प्रवाह गरेको छ । निक्षेपकर्तालाई उच्चतम व्याज दिएका छौं । उहाँहरुको धनको सुरक्षाको ग्यारेन्टी दिन्छौ । कर्जामा पनि न्यूानतम व्याज लिने गरेका छौ । हामीले क्लालिटेभि आस्पेटबाट सेवा दिएका छौं । सबैप्रकारका सेवा दिएका छौं । आधुनिक सेवा दिएका छौ त्यसैले नेपाल बैंकमा बिना हिचकिचाहट आकर्षण बढेको छ ।

वित्तिय अनुशासन कायम राख्दै सेवा प्रवाह गर्नु बैंकको उत्तरदायित्व पनि हो, संस्थागत सुशासनको पक्षमा नेपाल बैंकले कस्तो अभ्यास गरिरहेको छ ?

हामीले संस्थागत सुशासनलाई निकै महत्व दिएका छौ । अनियमिततामा शुन्य सहनशिलताको नीति अपनाएका छौै । विगतमा केही गल्ती भएका थिए । त्यसैले पहिले गुमेको विश्वास कायम गर्न सग्दो प्रयास गरिएको छ । कर्जाको सम्वन्धमा पनि हामीले राष्ट्र बैंकको निर्देशन पालना गरेका छौं । यो बैकले धेरै नेपालीको विश्वास पाएको छ । जसलाई टिकाइ राख्न वित्तिय सुशासन कायम राख्दै अघि बढिने छ । अरुले हामीबाट उत्पेरणा पाउन भनेर पनि हमीले नैतिक बैंकिङमा जोड दिएका छौ । हामी त सरकार र सर्वसाधारणको विचमा रहेर काम गर्ने र हाम्रो इमेज नेपाल देशसंग जोडिएको भएकोले पनि अन्तराष्ट्रियस्तरमा राम्रो छवी बनाएका छौं । त्यो छवी टिकाइराख्न सक्दो प्रयास गरिएको छ । हाम्रा हरेक कार्यशैलीमा पारदर्शिता र जवाफदेहिता अवलम्वन गरिएको छ ।

बैकिङ क्षेत्रका समस्या तथा चुनौतिलाई उचित सम्वोधन गरी सुधारका पहल गर्न के गनुपर्ला ?

यो क्षेत्रमा पनि केही चुनौति छन् जसको कारण केही कमीकमजोरी पनि देखिएका छन् ।
कार्यशैलीमा ढिलासुस्ती हुने गरेको छ । जनताको विश्वास कामय राखेर सो अनुरुपका सेवा प्रवाह गराउनुपर्ने चुनौति पनि छ । आधुनिक र सरल सुविधा दिने सम्वन्धमा नयाँ कार्यशैली अवलम्वन गरेर अगाडि बढ्नुपर्ने खाँचो छ । राष्ट्र बैंकले जारी गरेका नीति नियम अनुरुप काम काम गर्नुपर्छ । नियमनको जिम्मेवारी लिनेले सर्वसाधारणको हित संरक्षण तथा बैंकिङ प्रणालीप्रति विश्वास बढाउने गरी नीति ल्याउनु आवस्यक रहेको छ ।