• गृहपृष्ठ
  • आज पनि बढ्यो सुनको मूल्य, हेर्नुस् कति पुग्यो ?

आज पनि बढ्यो सुनको मूल्य, हेर्नुस् कति पुग्यो ?

Dec 15th, 2019

काठमाडौं २९ मंसिर

साता शुरुमै सुनको मूल्य बढेको छ । पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।

शुक्रबार तोलामा ७० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन ७१ हजारमा कारोबार भएको छ भने चाँदी भने रु ५ बढेर ८४५ रुपैयाँमा कारोबार भएको छ ।