नेप्से आज पनि बढ्यो

Dec 12th, 2019

काठमाडौ, मंसिर २६

आज बिहिबार पनि नेप्से बढेको छ । नेप्से आज ११ दसमलव १७ अंकले बढेर ११ सय ७२ दसमलव ६४ अंकमा चढेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव ४१ अंकले बढेर दुुई सय ५५ दसमलव ६० अंकमा चढेको छ । एक सय ६८ कम्पनीहरुको १० हजार एक सय ४६ वटा कारोवारमा २१ लाख दुुई हजार ६१ कित्ता सेयर किनबेच हुुदा कारोवार रकम ७६ करोड ४० लाख २५ हजार दुुई सय १३ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुुंदा सात वटा समुहको सुचक बढेकाछन भने पाँच वटाको घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दसमलव ८२ अंकले बढेर एक हजार ४८ दसमलव ९७ अंकमा पुगेको छ भने बिकास बैक समुहको सुचक पनि दुुई दसमलव ७२ अंकले बढेर १५ सय ८९ दसमलव एक अंकमा पुुगेको छ । जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । आज टे«डिङ समुहको सुचक १९ अंकले घटेर पाँच सय ११ दसमलव ८६ अंकमा पुग्दा उत्पादनमुुलक, अन्य र लघुुबित्त समुहको सुचक पनि घटेकाछन ।

कमाउने कम्पनीहरुको सुचीमा आज एभरेष्ट इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा गुराँस लघुुबित्त बित्तीय संंस्था परेको छ । यसैगरी बढी रकम कारोवारका आधारमा भने आज स्वालम्वन लघुुबित्त बित्तीय संस्था परेको छ ।