तोलामा ६०० ले घट्यो सुनको मूल्य

Jan 18th, 2023

काठमाडौं ,४ माघ

आज ​सुनको मूल्य घटेको छ । मंगलबार तोलामा एक लाख पाँच हजार १०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ६०० ले घटेर एक लाख चार हजार ५०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ६०० ले घटेर एक लाख चार हजारमा कारोवार भएको छ । यस अघि मंगलबार तेजावी सुन रु एक लाख चार हजार ६०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार ३७५ तोकिएको महासङ्घले जनाएको छ ।