तोलामा ६०० ले बढ्यो सुनको मूल्य

Nov 13th, 2022

काठमाडौं, २७ कार्तिक

आज ​सुनको मूल्य बढेको छ । शुक्रबार तोलामा ९६ हजार ७०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला ६०० ले बढेर ९७ हजार ३०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला ६०० ले बढेर ९६ हजार ८०० मा कारोवार भएको छ । यस अघि शुक्रबार तेजावी सुन रु ९६ हजार २०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँच ले बढेर रु एक हजार ३०० तोकिएको महासङ्घले जनाएको छ ।