• गृहपृष्ठ
  • साग फुटबल फाइनल खेलको टिकट सोल्ड आउट, खेल सुरू हुनु भन्दा आधा घण्टा अगाडी नै गेट बन्द हुने

साग फुटबल फाइनल खेलको टिकट सोल्ड आउट, खेल सुरू हुनु भन्दा आधा घण्टा अगाडी नै गेट बन्द हुने

Dec 9th, 2019

काठमााडौ, मंसिर २३

नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) खेल अन्तरगत मंगलबारको फुटबल फाइनल खेलको टिकट सोल्ड आउट भएको छ । सागको टिकट विक्री तथा व्यवस्थापन गरेको इसेवाका अनुसार फाइनल खेलका लागि ९ हजार २ सय टिकट विक्री भएका छन् । मंगलबार सागको समापन समारोह पनि रहेकाले खेल सुरूहुनुभन्दा आधा घण्टा अगाडी नै सबै दर्शक रंगशालामा प्रवेश गरिसक्नुपर्ने इसेवाले जनाएको छ ।

भिभिआइपी, भिआइपी, तथा अति विशिष्ट पाहुनाहरुको सवारी तथा सुरक्षाको दृष्टिकोणले खेल सुरू हुनुभन्दा आधाघण्टा अगाडी नै प्रवेश गेट बन्द गरिने भएकाले दुई घण्टा अगाडी नै रंगशाला पुग्न इसेवाले आग्रह गरेको छ । मंगलबार साग खेल अन्तरगतको पुरूष फुटबलतर्फ नेपाल र भुटान स्वर्ण पदका लागि भिड्दैछन् । खेल बेलुकी ३ बजेदेखि सुरू हुनेछ ।

इसेवा नेपाल राष्ट्रबैंकबाट लाइसेन्स् प्राप्त भुक्तानी सेवा प्रदायक हो । सन् २००९ बाट सञ्चालन रहेको इसेवामा २५ लाख ग्राहक रहेका छन् । इसेवामा ५५ बैंक तथा वित्तिय संस्था र ६० हजार भन्दा धेरै सेवाहरू रहेका छन् । यसअघि पनि इसेवाले आइसीसी, एन्फासँगको सहकार्यमा विभिन्न अन्तर्राष्ट्रिय खेलहरूको सफल टिकटिङ र प्रवेश व्यवस्थापन गरिसकेको छ ।