ललितपुर १८ असार
ललितपुरको महलक्ष्मी नगरपालिका वडा नं ४ र ८ स्थित गोदावरी खोला सरसफाई गरिएको छ । विगतदेखिनै हरेक हप्ता सरसफाइ गरिदै आएको गोदावरी खोला सरसफाइ अभियानको आज एक सय ७५ औं हप्ता पुगेको जनाइएको छ ।
गोदावरी खोला सरसफाई अभियानकी संयोजक बेवी राजभण्डारी तथा आधारभूमि डट कम का अध्यक्ष वलराम वाग्लेको अगुवाइमा गरिएको सरसफाइ अन्तर्गत आज लुभु पुल वरपरको क्षेत्रमा सरसफाइ गरिएको हो ।
महिला तथा बालबालिकाको पहलमा”हाम्रो गोदावरी,स्वच्छ,सफा र सुन्दर गोदावरी”भन्ने मुल नाराकासाथ सञ्चालित सरसफाइ अभियानमा अभियन्ता चित्र सुनुवार,स्थानीय अभियन्ताहरु उमंग के.सी., निन्जु प्रधान,बबिता रनपैली,अञ्जली दुवडी , गोपि कार्की,सुरज श्रेष्ठ,प्रिया पुटुवार र स्थानीय वासिन्दाहरुको सहभागिता थियो ।