तोलामा २०० ले बढ्यो सुनको मूल्य

Jun 20th, 2022

काठमाडौ, ६ असार

आज ​सुनको मूल्य बढेको छ । आइतबार तोलामा ९७ हजार ५०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला २०० ले बढेर ९७ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला २०० ले बढेर ९७ हजार २०० मा कारोवार भएको छ । यस अघि आइतबार तेजावी सुन रु ९७ हजारमा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि पनि चाँदीको मूल्य प्रतितोला रु एक हजार २६५ तोकेको छ ।