बेल्जियम नेदरल्यान्ड्ससँग पराजित

Jun 4th, 2022

काठमाडौं ,२१ जेठ

यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियम नेदरल्यान्ड्ससँग पराजित भएको छ ।शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्सले बेल्जियमलाई ४–१ गोलले पराजित गरेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन मेम्फिस डिपेले दुई गोल गरे भने स्टीवन बर्गविजन र डेन्जेल डम्फ्रिजले एक-एक गोल गरे । बेल्जियमका मिची बत्शुवाईले एक गोल गरे ।

खेलको ४० औं मिनेटमा स्टीवन बर्गविजनले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए।

खेलको ५१ औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को अग्रता दिलाए।

खेलको ६१ औं मिनेटमा डेन्जेल डम्फ्रिजले गोल गर्दै नेदरल्यान्ड्सलाई ३-० को अग्रता दिलाए।

खेलको ६५ औं मिनेटमा मेम्फिस डिपेले व्यक्तिगत दोस्रो गोल गर्दै नेदरल्यान्ड्सलाई ४-० को अग्रता दिलाए।

खेलको इन्जुरी समयको तेस्रो मिनेटमा बेल्जियमका मिची बत्शुवाईले एक गोल फर्काएका थिए ।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र नेदरल्यान्ड्सले जित निकालेको हो ।

जितसँगै लिग (ए) समूह ४ मा रहेको नेदरल्यान्ड्सले एक खेलबाट तीन अंक जोडेको छ ।पराजित बेल्जियम अंक बिहिन पुछारमा छ ।