• गृहपृष्ठ
  • ललितपुरको महालक्ष्मी नगरपालिकामा एमालेको अग्रता

ललितपुरको महालक्ष्मी नगरपालिकामा एमालेको अग्रता

May 16th, 2022

ललितपुर २ जेठ

ललितपुरको महालक्ष्मी नगरमा फेरि नेकपा एमालेका उम्मेदवार हरिगोन्दि श्रेष्ठले अग्रता लिएका छन् । बिहानसम्मको प्राप्त मत परिणाम अनुसार एमालेका उम्मेदवार श्रेष्ठले १ हजार ७१ मत सहित अघि बढेका छन् ।

उनका प्रत्यासी नेकपा माओवादी काँग्रेस गठबन्धनका उम्मेदवार शिव कट्टेलले १ हजार २ मत पाएका छन् ।

उपप्रमुखतर्फ एमालेकै अग्रता छ । नेकपा एमालेकी उपमेयर उम्मेदवार विना सुवेदीले १ हजार सय ७३ मत पाएकी छिन् भने गठबन्धनकी लक्ष्मी महर्जनले १ हजार ८५ मत पाएकी छन् ।