• गृहपृष्ठ
  • लप्पन छप्पन–२’ को फस्ट लुक सार्वजनिक, यस्तो छ सौगात र अर्पणको लुक्स

लप्पन छप्पन–२’ को फस्ट लुक सार्वजनिक, यस्तो छ सौगात र अर्पणको लुक्स

Sep 21st, 2019

काठमाडौं, ४ असोज 
‘लप्पन छप्पन २’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । चलचित्रका कलाकार अर्पण थापाले आफ्नो फेसबुक मार्फत फिल्मको पहिलोपोष्टर सार्वजनिक गरेका हुन् । पोस्टरमा सौगात र अर्पणलाई निकै फरक लुक्समा देख्न सकिन्छ ।

फिल्म ‘लप्पन छप्पन–२’ हालै युरोपका विभिन्न शहरहरुमा छायांकन सकेर नेपाल फर्किएको थियो । युरोपबाट फर्किए लगत्तै फिल्म युनिटले फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेको हो । सिनेमा ‘लप्पन छप्पन २’ मा सौगात र अर्पण दुबै नकारात्मक भूमिकामा देखिनेछन्।‘लप्पन छप्पन २’ मा सौगातको पिताको भूमिका अभिनेता शिव श्रेष्ठले निभाएका छन् ।

मुकुन भट्टले निर्देशन गरेको फिल्म ‘लप्पन छप्पन–२’ मा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, अनुपविक्रम शाही, नम्रता श्रेष्ठ र सुरबिना कार्की लगाएतको मुख्य भूमिका रहेको छ । गएको दुई वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘लप्पन छप्पन’ ले बक्सअफिसमा खासै राम्रो व्यापार गर्न सकेको थिएन । यो फिल्म फागुन ९ गते महाशिवरात्रीमा नेपालभर प्रदर्शन गरिने भएको छ। फिल्मबाट निकै आशा र भरोसा राखिएको फिल्मका कार्यकारी निर्माता प्रकाश कुवँरले बताएका छन् ।