• गृहपृष्ठ
  • फर्केर हेर्दाः स्थानीय तहको प्रमुख पद पुरुषकै पोल्टामा, महिला २ प्रतिशत मात्र

फर्केर हेर्दाः स्थानीय तहको प्रमुख पद पुरुषकै पोल्टामा, महिला २ प्रतिशत मात्र

Apr 3rd, 2022

आधारभूमि संवाददाता

काठमाडौ २० चैत

राजनीतिमा महिला नेतृत्वको संख्या उल्लेखनीय रुपमा बढे पनि स्थानीय तहको प्रमुख र वडा अध्यक्षका रुपमा मात्र २ प्रतिशत महिला पुग्न सफल भएका छन् । सन् २०१७ को स्थानीय तह निर्वाचनमा महिलाको राजनीतिक समावेशीकरणको अनुसन्धान’ विषयक संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९यूएनडीपी०को रिपोर्टमा मेयर, वडाध्यक्ष जस्ता प्रमुख पदमा २ प्रतिशत मात्रै महिला प्रतिनिधित्व भएको देखाएको छ।

राजनीतिमा महिलाको प्रतिनिधित्व बढाउन दशकौं देखि नै संघर्ष जारी छ । २० वर्षअघि २०५४ सालमा भएको स्थानीय निर्वाचनमा ३,९१३ गाउँ विकास समितिमा २० जना महिला अध्यक्ष र १४ जना उपाध्यक्षमा निर्वाचित भएका थिए ।

निर्वाचन आयोगको तथ्यांक अनुसार त्यतिबेला गाविस अध्यक्षमा ०।५१ र उपाध्यक्षमा ०।३६ प्रतिशत मात्र महिलाको उपस्थिति थियो । त्यतिबेलाका ५८ वटा नगरपालिकामा प्रमुख र उपप्रमुख पदमा एक जना पनि महिला थिएनन् ।

उ बेला प्रत्येक वडामा एक जना वडाध्यक्ष र एकजना महिला सदस्य सहित चार जना वडा सदस्य रहने कानुनी व्यवस्था थियो । ०५४ सालमा १ लाख ८८ हजार १० जना जनप्रतिनिधी चुनिएका थिए । त्यसमध्ये निर्वाचित महिलाको संख्या करिब ४६ हजार थियो ।

प्रयास जारी रहेसँगै संविधानले राजनीतिक दलले उम्मेदवारी दिँदा प्रमुख पदाधिकारी पदमा कम्तीमा एक महिला प्रस्ताव गर्नुपर्ने व्यवस्था गरेका कारण राजनीतिमा महिलाको सहभागिता बढ्न थालेको हो । गत २०७४ मा भएको स्थानिय चुनावबाट देशभरका ७५३ स्थानीय तहमध्ये ६ महानगरपालिका ११ उपमहानगरपालिका २७६ नगरपालिका तथा ४६० गाउँपालिकाहरूमा ३५ हजार जनप्रतिनिधि चुनिए।

त्यसमध्ये ४० प्रतिशत अर्थात् १४ हजारभन्दा बढी महिला रहेका छन्। खासगरि नगरपालिका तथा गाउँपालिकाका उपप्रमुख पदमा अधिकांश महिला चुनिएका छन्। ७५३ स्थानीय तहमा निर्वाचित कुल जनप्रतिनिधिमा महिलाको सहभागिता ४१ प्रतिशत छ । प्रमुख पदाधिकारी ९मेयर र उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष० मा निर्वाचित १,५०६ जनामध्ये ७१८ महिला छन्, जुन कुल पदाधिकारी संख्याको ४७।६८ प्रतिशत हुन आउँछ।

कानुनको उक्त प्रावधानले अघिल्लो स्थानीय निर्वाचनमा राजनीतिक दलहरूले उपप्रमुखरउपाध्यक्ष पदमा महिलालाई प्राथमिकता दिन बाध्य भएका हुन्। नेपाली कांग्रेसले ३२ नगरपालिकाको प्रमुख पद जितेकोमा त्यसमध्ये १ जना महिला छन्। त्यस्तै एमालेले ५० नगरप्रमुख जितेकोमा त्यसमा ३ जना महिला निर्वाचित भएका छन् । अन्य दल वा स्वतन्त्रबाट महिला नगरप्रमुखमा महिला निर्वाचित छैनन् ।

यसैगरी उपप्रमुखमा कांग्रेसको २६ स्थानमध्ये २५ जना महिला छन् । एमालेको ५३ उपप्रमुख मध्ये ४८ स्थानमा महिला पुग्न सफल भए । त्यस्तै, माओवादी केन्द्रले जितेको १३ उपमेयरमध्ये १२ जना, राप्रपाले जितेको ३ मध्ये २, नेमकिपाको जितेको १ स्थान महिला नै छ । यसैगरी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसले जितेको ७२ मध्ये ४, एमालेले ७२ मध्ये २, माओवादी केन्द्रको ३६ मध्ये २ महिलाले जिते ।

उपाध्यक्षमा काँग्रेको५८ मध्ये ५२, एमालेको ८३ मध्ये ७८, माओवादीको ३६ मध्ये ३१, राप्रपाको २ मध्ये २, राष्ट्रिय जनमोर्चाको २ मध्ये १ सिट महिलाको छ । विगतको चुनावलाई विश्लेषण गर्दा प्रमुख पदमा निकै कम प्रतिनिधित्व भएको देखिन्छ ।