विभिन्न धनमाल चोरी

Dec 6th, 2019

काठमाडौं, मंसिर २०
काठमाडौं, बुढानिलकण्ठ नगरपालिका ९ सृजना चोक बस्ने सुन्दर खडकाको घरबाट नगद ५० हजार रुपैयाँ, आधा तोलाको सुनको तिलहरी, घडी १ थान र मोबाइल १ थान समेत गरी करिब १ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

ललितपुरको ललितपुर महानगरपालिका ३ धोविघाट भ्यू कोलनी डेरा गरी बस्ने ५० वर्षीया सानुमाया खड्काको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब २ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार साँझ चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।