• गृहपृष्ठ
  • गृह मन्त्रालयद्वारा पाँच प्रजिअ सहित छ जनाको सरुवा, काे कहाँ पुगे ?

गृह मन्त्रालयद्वारा पाँच प्रजिअ सहित छ जनाको सरुवा, काे कहाँ पुगे ?

Dec 3rd, 2019

काठमाडौँ, १७ मङ्सिर (रासस)

गृह मन्त्रालयले पाँच प्रमुख जिल्ला अधिकारीसहित छ जनाको सरुवा गरेको छ । मन्त्रालयले आज जारी गरेको सूचनाअनुसार पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईको चितवनमा र चितवनका जीतेन्द्र बस्नेतको पर्सामा सरुवा भएको छ ।

यस्तै भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्टको मकवानपुरमा, लमजुङ प्रजिअ डिजन भट्टराईलाई अध्यागमन विभागमा, गृहका सहसचिव हुमकला पाण्डेलाई भक्तपुरको प्रजिअमा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका लक्ष्मण खड्कालाई लम्जुङमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।