घरेलु मैदानमा चेल्सीको शानदार जित

Oct 21st, 2021

आधारभूमि संवाददात

काठमाडौं, ४ कार्तिक

यूईएफए च्याम्पियन्स लिग फुटबलमा चेल्सीले शानदार जित निकालेको छ ।बुधबार राति स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले माल्मोलाई ४-० गोलले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन जोर्गिन्होले दुई गोल गरे भने एन्ड्रियास क्रिस्टेनसेन र काई हभार्टजले एक-एक गोल गरे ।

खेलको नवौं मिनेटमा एन्ड्रियास क्रिस्टेनसेनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।

खेलको २१ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ४८ औं मिनेटमा काई हभार्टजले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

त्यसपछि खेलको ५७ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० को जित दिलाए ।

जितसँगै चेल्सीले तीन खेलबाट छ अंक जोडेको छ र समूह (एच) को दोस्रो स्थानमा छ । पराजित माल्मो अंक विहिन पुछारमा छ ।