• गृहपृष्ठ
  • अभिनय निरौलाको स्वर, शब्दमा ‘हुन्न नभन’ सार्वजनिक(भिडियो सहित)

अभिनय निरौलाको स्वर, शब्दमा ‘हुन्न नभन’ सार्वजनिक(भिडियो सहित)

Oct 8th, 2021

काठमाडौं, असोज २२

करिव छ महिना अघि ’घिर्लिङ’ बोलको म्युजिक सार्वजनिक गरेका गायक अभिनय निरौलाले फेरि आफ्नो नयाँ म्युजिक भिडियो ’हुन्न नभन’ सार्वजनिक गरेका छन् ।

यस गीतमा गायक निरौलालाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छिन् । योगेन्द्र उपाध्यायले संगीतवद्द गरेको यस गीतलाई सुवाश जोशीले संगीत संयोजन गरेका हुन् । रोमाण्टिक भर्सनको यस गीतमा सायरीको प्रयोग समेत गरिएको छ ।
अस्ट्रेलियामा छायांकन गरिएको भिडियोमा स्वयंम गायक निरौला र रन्जना तिमल्सिना बिचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । ए धिल्लोनले छायांकन गरेको यस भिडियोलाई बि लिङ्ग्देनको सम्पादन र निर्देशनमा तयार पारिएको हो । अभिरन इन्टरटेन्मेण्टको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।