• गृहपृष्ठ
  • दोस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

दोस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

Nov 27th, 2019

काठमाडौं, ११ मंसिर
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा उपस्थित १०२ मध्ये ७८ जनाले रक्तदान गरेका थिए ।सामाजिक उत्तरदायित्व अन्तर्गत सो रक्तदान कार्यक्रम संचालन गरिएको कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा रिलायन्स साथी, संघ संस्थाका प्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।