• गृहपृष्ठ
  • काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित

काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित

Jul 9th, 2024

काठमाडौं, असार २५

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१\८२ को नीति तथा कार्यक्रम पारित भएको छ । आज बसेको नगरसभा बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । 

यसअगाडि नगरप्रमुख बालेन शाहले एकलौटी बजेट ल्याएको भन्दै वडा अध्यक्षहरूले असन्तुष्टि जनाएका थिए ।

आज नगर सभाबाट नीति तथा कार्यक्रम संशोधनसहित पास भएको घोषणा मेयर शाहले गरेका छन् ।