• गृहपृष्ठ
  • नक्कली लाइसेन्स प्रकरणमा यातायात विभागका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

नक्कली लाइसेन्स प्रकरणमा यातायात विभागका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

Jul 9th, 2024

काठमाडाैं, असार २५

नक्कली लाइसेन्स विवतरण गरेको आरोपमा यातायात व्यवस्था विभागका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानपछि उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतमा लिखतसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बुटवल कार्यालय प्रमुख उपसचिव केशव अर्याल, तत्कालीन कम्प्युटर अपरेटरहरू लक्ष्मण पाण्डे, ज्ञानराज पाण्डे, नारायणप्रसाद पाण्डे र पदमराज आचार्य, सहायक पाँचौं सुवास पौडेलविरुद्ध अभियोग दर्ता भएको छ।