• गृहपृष्ठ
  • रास्वपाका महामन्त्रीलाई सबै पदबाट हटाइयो

रास्वपाका महामन्त्रीलाई सबै पदबाट हटाइयो

Jul 9th, 2024

काठमाडौं, असार २४

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री मुकुल ढकाललाई सबै पदबाट निष्कासन गरेको छ ।

केन्द्रीय समितिको मंगलबार बसेको बैठकले ढकाललाई रास्वपाको साधारण सदस्य मात्रै रहने गरी पार्टीका अन्य जिम्मेवारीबाट हटाएको हो । 

यसअघि केन्द्रीय समिति बैठकले ढकाललाई एक साताका लागि निलम्बन गरेको थियो ।

समीक्षा यात्रापछि विवादित प्रतिवेदन लेखेको, बैठकमा पार्टीको आचरणविरुद्ध प्रस्तुत भएको तथा पार्टीलाई हानि गर्ने गतिविधि गरेको भन्दै उनी निलम्बनमा परेका थिए ।

गत बुधबार बसेको केन्द्रीय समिति बैठकमा महामनन्त्री ढकालले प्रष्टिकरण दिन खोजेका थिए । तर, अनुमति नपाएपछि उनले आफ्नो प्रतिवेदन सार्वजनिक गरेका थिए ।

बैठकमा बोल्न नपाएको भन्दै उनी कालो टेप टाँसेर बसेका थिए ।