• गृहपृष्ठ
  • कलाकार मनोज गजुरेलकी पूर्वपत्नी ढकाल पक्राउ

कलाकार मनोज गजुरेलकी पूर्वपत्नी ढकाल पक्राउ

Jul 7th, 2024

काठमाडौं, असार २३

हास्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मीना ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । कलाकार गजुरेलको भक्तपुरको बालकोटस्थित घरमा ताल्चा लगाउन पुगेकी ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गजुरेल घर नभएको मौका छोपेर मीना बालकोट पुगेकी थिइन् । मीनाले घरमा ताल्चा लगाउन लागेको खबर स्थानीयले गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । ढकाल गजुरेलकी पूर्वपत्नी हुन् ।