• गृहपृष्ठ
  • पाठेघरको मुखको क्यान्सर के हो? कारण र निदानका उपायहरू

पाठेघरको मुखको क्यान्सर के हो? कारण र निदानका उपायहरू

Jul 1st, 2024

काठमाडौं, असार १७

पाठेघर मानव स्त्री जाती लगायतका सम्पूर्ण पोथी जातीका स्तनधारी प्राणीको प्रजनन प्रणालीमा भाग लिने प्रमुख अङ्ग हो । यो एकतर्फ योनी मार्गसँग जाेडिएको हुन्छ भने अर्को तर्फ डिम्बबाहिनी नलीसँग जोडिएको हुन्छ । जसले सन्तान जन्माउनलाई ठुलो भूमिका खेल्दछ ।

पाठेघरको मुखको कोष कोषिकाहरूमा असामान्य रूपमा वृद्धि भएर बन्ने गिर्खा वा निको नहुने घाउलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ।

कारणहरू
दुर्गम क्षेत्रमा दक्ष जनशक्ति नभएका कारण अझै समस्या छ । सुत्केरीपछि आराम नगर्ने, सुत्केरीलगत्तै गह्रुँगो काम गर्ने गर्दा यो समस्या उत्पन्न भएको हो । पहाडी भेगमा उकालो–ओरालो गर्नुपर्छ, त्यसो गर्दा पेटमा समस्या पर्छ ।

आफन्त, नाता र परिवारका सदस्यसँग कुरा गर्दा लाज हुने र इज्जत जाने डर पैदा गरेर धेरैले रोग पालिरहेका छन् ।

राेगथामका उपाय
सामान्यपाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिने रोग हो । व्यायाम गर्नुपर्छ, त्यसो गर्दा योनीमा मसल्सहरू टाइट हुन्छ । बढीभन्दा बढी पोषणयुक्त खानेकुरा खानुपर्छ र गर्भवती हुँदा विशेष ध्यान दिनुपर्छ ।

बालविवाहलाई निरुत्साह गर्ने, निश्चित अन्तरालमा मात्र बच्चा पाउने, धेरै जनासँग यौनसम्पर्क नराख्ने, यौनाङ्गको सरसफाइमा ध्यान दिने, सुर्तीजन्य पदार्थ सेवन नगर्ने, कुनै पनि यौनरोगको समयमै उपचार गराए पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ ।