• गृहपृष्ठ
  • स्वरुपाको ‘मनमा तिम्रो’ गीत सार्वजनिक

स्वरुपाको ‘मनमा तिम्रो’ गीत सार्वजनिक

Jun 28th, 2024

काठमाडौं, असार १४

गायिका स्वरुपा सुवालको स्वर रहेको नयाँ गीत मनमा तिम्रो सार्वजनिक भएको छ । गीतको शब्द र कम्पोजसमेत सुवालकै रहको छ ।

प्रेममा विश्वासघात गर्नेहरूसँग आफ्नो चोखो माया साट्न नसक्ने अडान गीतमा गायिकाले गरेकी छन् । स्वरुपाकै  शब्द तथा सङ्गीत रहेको गीतमा राजन इशानको एरेन्ज छ ।

मनमा सजाएको प्रेमीले धोका दिए पनि आफ्नो जीवनको साहसिक यात्रा गर्न रुचाउने एक चेलीको कथालाई भिडियोको देखाइएको छ ।