एसईईको नतिजा सार्वजनिक

Jun 27th, 2024

काठमाडौं, असार १३

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । 

परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् ।


राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको ननिजा अनुसार ४ लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ९२ जनाले मात्रै ३५ प्रतिशत ल्याएपछि कक्षा ११ मा पढ्न पाउने भएका हुन् ।

प्रिक्षाको नतिजा अनुसार ३५ प्रतिशत अंक नल्याउने विद्यार्थिहरुले कक्षा ११ मा पढ्न पाउदैनन् । यस बर्ष १८६ जनाले ४ जीपीए ल्याएका छन् ।