एसईईको नतिजा भोलि सार्वजनिक गरिने

Jun 26th, 2024

काठमाडौं, असार १२

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने भएको छ ।

बुधबार नै नतिजा प्रकाशन गर्ने गरी बोर्डको बैठक बसेकामा केही प्राविधिक तयारी नपुगेको भन्दै बिहीबार नतिजा सार्वजनिक गर्ने निर्णय बैठकले गरेको हो ।

गत १५ चैतदेखि २७ चैतसम्म भएको एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए ।