• गृहपृष्ठ
  • फिल्म ‘इमर्जेन्सी’ सेम्टेम्बर ६ मा आउने

फिल्म ‘इमर्जेन्सी’ सेम्टेम्बर ६ मा आउने

Jun 25th, 2024

काठमाडौं, असार ११

बलिउड अभिनेत्री कंगना रनावतको फिल्म ‘इमर्जेन्सी’ को प्रदर्शन मिति घोषणा गरिएको छ। फिल्मलाई कंगनाले नै निर्माण तथा निर्देशन गरेकी हुन् ।

‘इमर्जेन्सी’ अब यो फिल्म सेप्टेम्बर ६ अर्थात भदौ २१ गतेदेखि प्रदर्शन हुनेछ। कंगनाले सामाजिक सञ्जालमार्फत फिल्म रिलिजबारे घोषणा गरेकी छन् ।  

फिल्म भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको जीवनीमा आधारित छ, जसको भूमिका कंगनाले गरेकी छन् ।