• गृहपृष्ठ
  • अनौठो परम्परा: आफन्तको मृत्युमा महिलाले औंला काट्ने

अनौठो परम्परा: आफन्तको मृत्युमा महिलाले औंला काट्ने

Jun 18th, 2024

आफ्नै हातका औंलाहरु काट्ने यो विचित्रको चलन इन्डोनेसियामा बसोबास गर्दे आइरहेको दानी जातजातिका मानिसहरुले गर्ने गर्दछन् । दानी जनजातिमा आफ्नो परिवारका सदस्यको मृत्युले विशाल भावनात्मकपीडाको साथसाथै महिलालाई शारीरिक पीडा दिन्छ। अपरिहार्य भावनात्मक शोकलाई बाहेक, दानी जनजातिका महिलाहरूले शारीरिक रूपमा आफ्नो शोकलाई आफ्नो औंलाको एक भाग काटेर व्यक्त गर्ने गर्छन् । 

महिलाको औंला काटिनु अगाडि आधा घण्टाको लागी कसेर बाधिँन्छ । आधा घण्टा जती बाधिँएको उक्त औँला केही समयमा सुन्न हुन्छ । सुन्न भएसँगै औँला काटिन्छ र भर्खरै काटेको औँलाको भागलाइ आगोमा राखिन्छ । दानी जनजातिले यो विचित्रको अभ्यास पैतृक भूतहरूलाई खुसी र सन्तुष्टि दिनका लागी गर्ने गर्दछन् ।

यद्यपि यो प्रथालाई इण्डोनेसियाली सरकारले गैरकानुनी घोषित गर्दै प्रतिबन्ध लगाएको छ । तथापि समुदायमा यो परम्परा रोकिएको छैन ।