मनकामना केबलकार ५० दिनका लागि बन्द

Jun 16th, 2024

काठमाडौं, असार २

मनकामना केबलकार असार अन्तिम सातादेखि ५० दिनका लागि बन्द हुने भएको छ ।

कम्पनीद्वारा जारी सूचना अनुसार केबलकार सेवा असार ३१ गतेबाट करिब ५० दिनको लागी बन्द हुने भएको हो । केबलकारको डिजिटल प्रणालीको स्तरोन्नति तथा मेन केबल तार लट्ठा फेर्न सेवा बन्द गर्न लागिएको कम्पनीले जनाएको छ ।

अब मनकामना केबलकार पूर्ण डिजिटल प्रणालीबाट सञ्चालनमा आउने कम्पनीको भनाई छ ।