असार ३ गते सार्वजनिक बिदा

Jun 14th, 2024

काठमाडौं, जेठ ३२

सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २०८१ साल असार ३ इस्लाम धर्माबलम्वीहरुको पर्व बक्र ईद (उल–अजाह) दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो । 

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित भैसकेको जानकारी दिएका छन् ।