• गृहपृष्ठ
  • महेश बस्नेतविरुद्ध उजुरी दिने शोभा पाठक पक्राउ

महेश बस्नेतविरुद्ध उजुरी दिने शोभा पाठक पक्राउ

Jun 10th, 2024

काठमाडौं, जेठ २८

प्रहरीले धादिङकी शोभा पाठकलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुनेखालका अभिव्यक्ति दिएको उजुरीका आधारमा उनी पक्राउ परेकी हुन् ।

एमालेका नेता महेश बस्नेतविरुद्ध बलात्कारको आरोप लगाउँदै पाठकले उजुरीसमेत दिएकी थिइन् । तर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनको उजुरीमा प्रमाण नपुग्ने जिकिर गरेको थियो । उजुरी तामेलीमा राखिएको छ