• गृहपृष्ठ
  • ब्रिटिस काउन्सिलद्वारा नेपालसहित १० देशका लागि ‘कल्चरल प्रोटेक्सन फन्ड’को घोषणा

ब्रिटिस काउन्सिलद्वारा नेपालसहित १० देशका लागि ‘कल्चरल प्रोटेक्सन फन्ड’को घोषणा

May 29th, 2024

काठमाडौं, जेठ १६

जलवायु परिवर्तनको जोखिममा परेको ३६ लाख वर्ष पुरानो मानव पदचिन्ह भेटिएको स्थल ब्रिटिस काउन्सिल कल्चरल प्रोटेक्सन फन्डद्वारा सहयोग प्राप्त २२ नयाँ परियोजनाहरूमध्ये एक हो।

कल्चरल प्रोटेक्सन फन्डले आज १० देशहरूमा २० लाख पाउण्ड भन्दा बढी कोषको २२ नयाँ परियोजनाहरू घोषणा गर्दैछ। परियोजनाहरूले द्वन्द्व वा जलवायु परिवर्तनको प्रभावबाट जोखिममा रहेको सांस्कृतिक सम्पदाको संरक्षण गर्ने छन्। मध्यपूर्व, उत्तर र पूर्वी अफ्रिका बाहेक, कोषले पहिलो पटक पाकिस्तान र नेपालमा दक्षिण एसिया अगुवा कार्यक्रमको हिस्साको रूपमा काम गर्नेछ।

२० लाख पाउण्ड भन्दा बढीको कोष सिरिया, इराक, केन्या, सुडान, इथियोपिया, कब्जा गरिएको प्यालेस्टाइन क्षेत्र, युगान्डा, तान्जानिया र पहिलो पटक पाकिस्तान र नेपालका सांस्कृतिक सम्पदाको संरक्षणमा विनियोजन गरिने छ।

अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पदाको संरक्षण संयुक्त अधिराज्यको प्राथमिक उद्देश्य हो, जुन उद्देश्य प्राप्त गर्न कल्चरल प्रोटेक्सन फन्डले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। संस्कृति, मिडिया तथा खेलकुद विभागसँगको सहकार्यमा ब्रिटिस काउन्सिलले नेतृत्व गरेको यो पहलले सांस्कृतिक सम्पदाहरूको संरक्षण सुनिश्चित गर्दछ। भवन तथा पुरातत्विक स्थल जस्ता मूर्त सम्पदाहरू संरक्षण गर्न १७ देशका संघसंस्था तथा समुदायसँग सहकार्य गर्नुका साथै कोषले संगीत, परम्परागत शिल्पकारिता र भाषा जस्ता अमूर्त सम्पदाहरू पनि संरक्षण गर्दछ।

ब्रिटिस काउन्सिल कल्चरल प्रोटेक्सन फन्डका निर्देशक स्टेफानी ग्रान्टले भन्नुभयोः

सन् २०१६ देखि कल्चरल प्रोटेक्सन फन्डले १९ देशमा सांस्कृतिक सम्पदा संरक्षणका लागि १५९ परियोजनालाई ५ करोड पाउण्ड भन्दा बढी अनुदान दिएको छ तथापि, हाम्रो सेवाको आवश्यकता पहिले भन्दा बढी सान्दर्भिक बनेको छ। हाम्रो संस्थाले गत वर्ष ठूलो संख्यामा कोष अनुरोध सामना गर्नुपर्यो, जुन हाम्रो हालको कार्यक्रमको लागि छुट्याइएको बजेटको लगभग २० गुणा थियो।

हामी हाम्रो पोर्टफोलियोमा २२ उत्कृष्ट परियोजनाहरू थपेर र दक्षिण एसियामा हाम्रो सेवालाई विस्तार गर्दै नयाँ संस्था तथा समुदायहरूलाई सहयोग गर्न पाउँदा अत्यन्तै गौरवान्वित र उत्साहित छौं। यी परियोजनाहरूले अमूल्य सांस्कृतिक सम्पदाहरूको विस्तृत दायराको अनुसन्धान, दस्तावेजीकरण र पुनर्स्थापना गर्नेछन् र हजारौं मानिसहरूलाई आफ्नो सांस्कृतिक पहिचान खोज्न र स्मरण गर्न एकसाथ ल्याउनेछन्।

ह्वाइटली बेका कला तथा सम्पदा मन्त्री लर्ड पार्किन्सनले भन्नुभयोः

विश्वको जुनसुकै कुनामा बसोबास गर्ने भएतापनि मानिसहरू आफ्नो सांस्कृतिक सम्पदामा ठूलो गर्व गर्छन् । हाम्रो सम्पदाको संरक्षण हाम्रो पहिचानको अभिन्न पक्ष हो, त्यसैले यसलाई सधैं सुरक्षित राख्नुपर्छ ताकि भावी पुस्ताले यसको आनन्द लिन सकून्।

“यस वर्षका सफल परियोजनाहरूले द्वन्द्व, अस्थिरता र जलवायु परिवर्तनका प्रभावहरूबाट मूर्त सम्पदा स्थलहरूलाई जोगाउन मात्र नभई विश्वभरका समुदायहरूको अभिन्न अंग बनेका सांस्कृतिक अभ्यास र परम्परागत शिल्पकला जस्ता अमूर्त सम्पदाहरूलाई पनि जोगाउन मद्दत गर्नेछ।“

नेपालमा हालै आर्थिक सहयोग गरिएको आज घोषित कल्चरल प्रोटेक्सन फन्डको परियोजनाहरू ः

१. नेपालमा आदिवासी खाद्य परम्पराको संरक्षण – ५०,००० पाउण्ड

राष्ट्रिय आदिवासी महिला महासंघले नेपालको उच्च पहाडी क्षेत्रहरूमा विभिन्न पाककला अभ्यासहरूमा केन्द्रित यो परियोजना सञ्चालन गर्नेछ । खाद्य परम्परा, खानपान र तिनसँग जोडिएका सांस्कृतिक अभ्यासहरू वातावरणसँग गहिरो रूपमा जोडिएका हुन्छन्। जलवायु परिवर्तनको परिणामस्वरुप वृद्धि भएको खडेरी, भारी वर्षा र बाढी लगायत मौसमी ढाँचामा आएको परिवर्तनले यस अभ्यासलाई निरन्तरता दिन अत्यावश्यक स्रोतहरूको उपलब्धतामा गम्भीर असर पारिरहेको छ।

यस सम्पदाको संरक्षणका लागि परियोजनाले नेपालका विभिन्न प्रदेश प्रान्तहरूमा रहेका आदिवासी खाद्य परम्परा र अभ्यासहरूलाई दस्तावेजीकरण र अभिलेखीकरण गर्नेछ। महिलाहरू यस सम्पदाका मुख्य वाहक हुन् र रेसिपीहरू पहिचान गर्न र गतिविधिहरूको दस्तावेजीकरण गर्न उनीहरूको अग्रणी भूमिका हुनेछ

२. भावी पुस्ताका लागि कुसुन्डा (वन राजा) भाषा र संस्कृतिको सुरक्षार्थ – ४५,९५३ पाउण्ड

कुसुन्डा भाषा नेपालको मध्यपश्चिम क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति समुदायका सीमित व्यक्तिहरू मात्र सहज वक्ता रहेको एउटा पृथक् र लोपोन्मुख भाषा हो।

भाषाले कुसुन्डा समुदायका लागि विगतसँगको सम्बन्धको रूपमा काम गर्छ र यसमा ’हो’ वा ‘होइन’ शब्दहरू नहुनु जस्ता अद्वितीय विशेषताहरू छन्। त्यसैले भाषा हराएमा अपूरणीय क्षति हुन्छ। बढ्दो संख्यामा कुसुन्डाहरू बसाइँसराइ गरेसँगै र कुसुन्डाका जीविकोपार्जन र जीवनशैलीमा जलवायु परिवर्तनको प्रभावका कारण उनीहरूको सांस्कृतिक विरासतको महत्त्वपूर्ण पक्षसँगको विच्छेदले कुसुन्डा भाषा लोप हुने खतरामा छ।

स्थानीय माध्यमिक विद्यालयहरूमा विद्यार्थीहरूका लागि पाठ्यक्रमहरू र अनलाइन सिकाइ कार्यक्रमको विकास गरेर आर्काइभ नेपाल र साझेदारहरूले यस भाषाको वक्ताहरूको संख्या बढाउने र बच्चाहरूको लागि दोहोरो भाषा नेपाली र कुसुन्डा पुस्तकहरू प्रकाशन गरेर भाषालाई थप प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्दछन् –

३. डोल्पोको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको उच्च हिमाली क्षेत्रमा रहेको सांस्कृतिक सम्पदाको संरक्षण तर्फ – ३६,९०८ पाउण्ड

नेपालको सबैभन्दा दुर्गम क्षेत्रहरू मध्ये एक, माथिल्लो डोल्पो क्षेत्रमा, विहारहरू, ऐतिहासिक बस्तीहरू, र स्मारकहरू द्वन्द्व सम्बन्धी अस्थिरताका कारण क्षयको खतरामा छन्, जसले यी स्थलहरूको संरक्षण र संरक्षण गर्न परम्परागत व्यवस्थापन प्रणालीलाई असर गरेको छ।

सम्पदा संरक्षण समाज नेपाल (क्ष्ऋइःइक् ल्भउब)ि ले डोल्पो समुदायको सामाजिक–सांस्कृतिक जीवनको महत्वपूर्ण हिस्सा रहेको सांस्कृतिक सम्पदाको अभिलेखीकरण र रेखदेख गर्ने क्षमता सुधार गर्न स्थानीय सरकार र समुदायका सदस्यहरूसँग काम गर्नेछ।

साँस्कृतिक सम्पदाको दस्तावेजीकरण र म्यापिङ तालिम कार्यक्रमले रेकर्डको विद्यमान अभावलाई सम्बोधन गर्नेछ र परियोजना सम्पन्न भएपछि यस कार्यको निरन्तरताका लागि मार्गदर्शन र प्रक्रियाहरूको विकासलाई समर्थन गर्नेछ। सम्पदा संरक्षणमा सामुदायिक संलग्नतालाई बढावा दिन विभिन्न कार्यशाला र छलफलहरू आयोजना गरिनेछ।

४. मैथिल महिला भित्ता चित्रकला र मूर्तिकलाको संरक्षण तथा पुनरुत्थान – ५०,००० पाउण्ड

यो परियोजना मैथिल महिला चित्रकला र माटो कला सम्पदामा केन्द्रित छ, मैथिल समुदायका माटोका घरहरू माटोको वास्तुकलाको एक विशिष्ट शैली मार्फत धार्मिक महत्व राख्ने प्रतीकात्मक चित्रणले सजिएका हुन्छन्।

मैथिल महिलाहरूले आफ्नो सांस्कृतिक सम्पदामा ठूलो गर्व गर्छन्, आमाहरूबाट छोरीहरूलाई सीपहरू हस्तान्तरण गर्ने चलन लामो समयदेखि चलिआएको अभ्यास हो। यो परम्परा शताब्दीयौंदेखि आफ्नो परम्परागत माटोको घरको भित्तामा सुन्दर कलाद्वारा जोगाइएको छ।

खडेरीले आम्दानीका सीमित स्रोतहरू निम्त्याएको छ, र समाजमा महिलाहरूको भूमिका आफ्नो घरपरिवारको हेरचाहमा सीमित भएको छ भने पुरुषहरू वैदेशिक रोजगारीमा जान्छन्, जसले गर्दा उनीहरूको कलात्मक सीप र सांस्कृतिक विरासतलाई उपेक्षित र बेवास्ता गरेको छ।

स्थानीय महिलाहरूलाई मैथिल चित्रकला र माटोको कामको तालिमले स्थानीय व्यक्ति मानिसहरूले सम्पदाको संरक्षण गर्न र मैथिल परम्पराको अद्वितीय शिल्पकला अभ्यास गर्न सीपहरू विकास गरेको सुनिश्चित गर्नेछ। प्रौढ मैथिल कारीगरहरूसँगकोअन्तर्वार्ताले स्थानीय समुदायहरूलाई उनीहरूको सांस्कृतिक सम्पदालाई अझ राम्ररी बुझ्न र प्रशंसा गर्न सक्षम बनाउँछ।

कुवा गाउँका घरहरू सजाउन मैथिल कलाकृतिको परम्परा अँगाल्दै स्थानीय समुदायहरूले प्रशिक्षण र अभ्यासको माध्यमबाट आफ्नो सांस्कृतिक सम्पदाको संरक्षणमा सक्रिय भूमिका खेल्नेछन् – र समुदाय र आगन्तुकहरूको हितको लागि स्थानीय क्षेत्रलाई विकसित गरिने छ